यी युवतीको यस्तो धन्दाले बनायो सबैलाई चकित।थाहा पाउँदा पक्कै पनि होस उड्नेछ

समाचार

आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पै’सा अ’सुल्दै आएकी एन्जिना कार्की प’क्रा’उ परेकी छिन् ।कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्रा’उ गरेको हो । उनले एक सहकारीसँग लामाे समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् ।

यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण प’क्राउ गरेको हो । कार्की’माथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आ’रो’प छ ।एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् ।

त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा अ’सुल्ने काम शुरु गरेकी थिइन् ।

अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठ’गी गर्दै आइरहेकी थिइन् । उनलाई ठ’गी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो ।

ठ’गी ध’न्दा’मा उनी भने एक्लै छैनन् । उनको सात ,आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हि’रासतमा रा’खिएपछि अनु’सन्धान भने जारी रहेको प्रहरी जनाएको छ । न्युज २४

Leave a Reply

Your email address will not be published. Required fields are marked *