काठमाडौं : हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ । एक हप्ता सम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ। तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसके पछि अलिअलि च’क्कर लाग्ने, आल’स्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो । त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन।
हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै नाजुक सेल्सहरू हुन्छन्। अन भएको मोबाइल फोन हाम्रो टाउको नजिक धेरै समय रह्यो भने त्यसको रेडिएसनले दिमागमा खलबली मच्चाइदिन्छ। त्यसले दिमागका सेल्सहरू निष्क्रिय पारि दिन्छ। जसले गर्दा साना–साना कुरा पनि याद नहुने, भर्खरै भनेको कुरा पनि बिर्सने, झनक्क रिस उठ्ने आदि जस्ता कुराहरू हामीमा विकसित हुन थाल्छन्। यी कुराहरू बढ्दै गएर अन्तिममा मानसिक सन्तुलन बिग्रने, ब्रेन ह्याब्रेज हुने जस्ता खतरनाक रोग पनि निम्तिन सक्छन्।
त्यस्तै, हामीले चलाउने मोबाइल फोनको ब्याट्री धेरै नटिक्ने झण्झट सबैले बेहोरे कै कुरा हो। मोबाइल चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि मोबाइललाई सधैं फुल चार्ज गर्नु हुँदैन र, कम्तीमा २० प्रतिशतभन्दा कम पनि हुन दिनु हुँदैन । महिनामा एकपटक ब्याट्री जिरो बनाएर फुल चार्ज गरेमा ब्याट्रीको लाइफ पनि बढ्छ र फोनको काम गर्ने क्षमतामा वृद्धि हुन्छ। राति मोबाइल चार्जरमा जोडेर छोड्ने बानी छ भने पनि त्यो गर्न बन्द गर्नुपर्छ। त्यसो गर्दा बिजुलीको गडबडीले मोबाइल प’ड्किन सक्छ।