शून्य लागतमा दुबईको एयरपोर्टमा रोजगारको अबसर,यति छ तलब

समाचार

काठमाडौँ । यु.ए.ई.को बहुप्रतिष्ठित कम्पनि Saned Facility Management llc UAEमा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ ।Saned Facility Management llc UAE कम्पनिले विभिन्न पोस्टका लागि ४०० जना नेपाली कामदारको माग गरेको हो । दुबईको एयरपोर्टमा काम गर्नु पर्ने हुन्छ ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. २६,२२४ /- देखि ४२,६१४/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।

तलब खान बस्न सहित ४२ हजार माथि रहेको छ । इच्छुक कामदारले अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. को कार्यालय सिनामंगल, काठमाडौँ मा पुष 0३ गते अन्तरवार्ता दिनु पर्ने छ ।स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baidesikjobs.com मा जानु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *