सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सहजीकरणका लागि यातायात व्यवस्था विभाग लागिपरेको जस्तो देखिन्छ । तर, लाइसेन्सको प्रक्रिया नेपालमा व्यवस्थित हुुन सकेको छैन । केही समयअघि विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने भनेर निर्देशिका जारी गर्यो।विभागले सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका-२०७७ जारी गरेर गत जेठ १ गतेदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको थियो। तर कोभिड महामारीका कारण जेठदेखि लागू हुन सकेन। त्यसपछि मंसिरदेखि लागू हुने विभागले बताएको थियो।
नयाँ प्रणालीमा यस्तो छ व्यवस्था:निर्देशिकामा वर्ग ’क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ’ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ’ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।
यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चार÷चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।