शिक्षिकाले विद्यार्थीलाई पढाउँदै गर्दा अचानक कक्षाकोठामा मन्त्री छिरेपछि..

समाचार

पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय। आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो। मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन।मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गर्नुभयो। माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल। नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोध्नुभयो। गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राख्नुभयो।सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधैं समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताउनुभयो। मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिनुभयो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उहाँले विद्यार्थीलाई भन्नुभयो।शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिनुभएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *