लाइसेन्स पाउनु भएको छैन भने आयो खुसीको खबर,१४ लाख लाइसेन्स कार्ड नेपाल आइपुग्यो।क-कसले पाउने?

समाचार

१४ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्ड यातायात व्यवस्था विभागले प्राप्त गरेको छ । फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख कार्ड आपूर्ति गरेको हो ।कार्ड नभएपछि २०७७ फागुनदेखि लाइसेन्सको छपाइ र वितरण ठप्प छ । विदेश जानुपर्ने अत्यावश्यकबाहेकका सेवाग्राहीलाई विभागले एक वर्षदेखि लाइसेन्स छापेर दिन सकेको छैन । आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन भने निषेधाज्ञाको अवधिमा लाइसेन्स छपाइ समेत रोकिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हालसालै छपाइका लागि कार्ड आएपनि विभागले तुरुन्तै छपाइ थालिहाल्ने अवस्था भने छैन । विभागका निर्देशक रामचन्द्र पौडेल सेल्पले आपूर्ति गरेको कार्ड विभागले दिएको स्पेसिफिकसेन अनुसार भएरनभएको भन्नेबारे जाँच गर्न बाँकी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कार्डको मापदण्ड र गुणस्तर जाँच गर्न कसलाई दिने भन्नेबारे पनि अहिलेसम्म विभाग अनिर्णित छ । निर्देशक पौडेलका अनुसार सम्भावित कम्पनीको सूची बनाएर प्रक्रियाअनुसार छनोट हुने कम्पनीको कार्ड परीक्षण गराइने बताउँछन् । त्यसका लागि कार्डको स्याम्पल विदेशी कम्पनीमा पठाउनुपर्ने हुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘सेल्पले दिएको कार्ड ठीक छ भन्ने प्रमाणित भएपछि मात्रै छपाइ थाल्न सकिन्छ,’ उनले भने । अहिलेसम्म विभागले वितरण गर्ने कार्ड भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले आपूर्ति गर्दै आएको थियो । स्मार्ट लाइसेन्सको प्रणाली व्यवस्थापन र छपाइको जिम्मा पनि उसकै हो ।सेल्पले आपूर्ति गर्ने कार्ड छपाइका लागि मद्रासले यतिबेलासम्म सफ्टवेयरमा परिवर्तन ९पर्सनलाइजेसन०को काम सकिसक्नुपर्ने थियो । आफूले पाउँदै आएको ठेक्का यसपटक फरक कम्पनीले पाएपछि मद्रासले प्रणाली सुधारको काममा लामो समयसम्म चासो दिएको थिएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *