चीन सहित यि ४ देशका नागरिक अब अमेरिका जान नपाउने,अमेरिका भएकालाई पनि निकालिन थालियो

समाचार

काठमाडौ । अमेरिकाले चीन सहित ४ देशका नागरिकका लागि आफ्नो देशको ढोका बन्द गरेको छ । चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका नागरिक अब अमेरिका जान पाउँदैनन् । यि मुलकका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै अमेरिकाले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायतले पनि साथ दिएको छ ।

‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पी डा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *