यी पाँच भाइकी एक्ली पत्नी,यस्तो छ रात विताउने नियम

समाचार

काठमाडौ । समाचार यही कलियुगको हो । यो शीर्षक पाँच पाण्डवको कहानीको हैन । जो अहिले निक्कै चर्चामा छ । छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् ।जो हरेक रात आफ्ना एक पतिका साथ रात विताउने गर्छिन् । राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुशि छिन् । त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग ७ बर्ष अघि भएको थियो । अहिले उनीहरुसँग ७ बर्षकी छोरीपनि छिन् । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो ?

तथापी राजो आफ्ना पाँचै पतिसँग खुशि छिन् । देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् । गरिब परिवारका यी दाजुभाईको घरमा जम्मा एउटै कोठा छ । उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ,जहाँसम्मकी उनले आफुले जन्म दिएकी छोरी कुन श्रीमानबाट जन्मिएकी हुन् थाहा छैन । श्रीमानहरुलाईपनि यो थाहा छैन । यसैले ५ जनाले नै आफ्नी छोरी स्वीकार गरेका छन् ।

महाभारतमा जस्तै उनीहरु बीच कुनै मनमुटाव तथा द्वेश छैन मिलेर बस्छन् श्रीमती पनि हरेक सँग समान माया र आदर भाव गर्छिन एक भाई श्रीमती सँग हँदा अरु सबै बाहिर मझेरीमा सुत्छन् अनी आ–आफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन् ।जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् । जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् । यो परम्परा नेपालको उपल्लो मुस्ताङ्गमापनि अझैपनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *