राष्ट्र बैंकमा ८३ जनाको लागी जागिरको अवसर,प्लस टु उत्तिणले पनि आवेदन दिन सक्ने

समाचार

नेपाल राष्ट्र बैंकले सहायक तहदेखि अधिकृतस्तर सम्मका ८३ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले प्रशासन र प्राविधिक सेवाका विभिन्न पदमा खुला र समावेशी समूहमा जागिर खुलाएको हो ।बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना माग गरेको जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ । यसैगरी अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ ।इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *