रात परेपछी यस्ता लक्षण देखिन थालेका त छैनन्?ओमिक्रोन भाइरस संक्रमण हुन सक्छ,भर्खरै बाहिरियो यस्तो रहस्य

समाचार

भाइरल इन्फेक्सनको सबैभन्दा खतरनाक पाटो भनेको भाइरसको गम्भीरता पत्ता लगाउन नसक्नु नै हो । कोभिड–१९ को डेल्टा भेरियन्ट विश्वभर नै महामारीको रुपमा फैलियो । डेल्टा भेरियन्टको संक्रमितदर धेरै छ । यो भेरियन्टबाट संक्रमितमा हल्का र गम्भीर प्रकृतिका लक्षणहरु देखिएका छ । यो भाइरस लागेपछि उच्च ज्वरो, लगातार खोकी, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, रगतमा अक्सिजनको कमि हुने जस्ता लक्षणहरु देखिएका छन् । यो भेरियन्टसँगै अर्को नयाँ भेरियन्ट पनि पुष्टि भएको छ । नयाँ भेरियन्टको नाम ओमिक्रोन भेरियन्ट राखिएको छ । यो भाइरस पनि विश्वभर फैलने क्रममा छ । यो भेरियन्टलाई सबैभन्दा छिटो फैलने भाइरस भएको वैज्ञानिकहरुले बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विश्व स्वास्थ्य संगठनले यो भाइरसले पहिले कोरोना संक्रमित भएकालाई सजिल्यै समात्ने बताएको छ । कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएकालाई पनि यो भाइरस लाग्ने सम्भावना भएको पनि विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो भाइरस कति खतरनाक भन्ने विषयमा केही दिनमा नै डब्ल्यूएचओले जानकारी दिनेछ । यस भाइरसलाई विश्वभरका वैज्ञानिकहरुले जाँच गरिरहेका छन् र लक्षणहरुका विषयमा पनि फरक फरक धारण व्यक्त गरिरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका जनरल प्रेक्टिशनर डा. उनबेल पिल्लेले ओमिक्रोन संक्रमित बिरामीमा रातिमा पसिना आउने समस्या देखिने बताएका छन् । कहिलेकाँही बिरामीमा यति धेरै पसिना आउँछ कि उसले लगाएको कपडा र ओछ्यान समेत भिज्न सक्छ । चिसो ठाउँमा भए पनि पसिना आउने समस्या देखिन्छ । यसका साथै, बिरामीको शरीर पूरै दुख्ने गर्छ ।सुख्खा खोकी र शरीर दुख्ने:डा. उनबेल पिल्लेका अनुसार ओमिक्रोन संक्रमित बिरामीलाई लगातार सुख्खा खोकी लाग्ने गर्छ । यसका साथै, ज्वरो आउने, मासंपेशी दुख्ने आदिन लक्षणहरु देखिन्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *