भागेर काठमाडौं आएकी अञ्जलि अधिकारीको संघर्षको कथा(भिडियो हेर्नुहोस्)

सेलिब्रिटी

अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी, पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु।बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले ।

बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् ।बद्रीले ‘हुन्छ’को आश्वसन दिए । एसएलसीपछि भागेर काठमाडौं ल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् । २०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *