प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **
कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार दोस्रो सातादेखि प्याजको मूल्य निरन्तर वृद्धि भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
भन्सारबाट कम प्याज आयात भएको वा आयात हुन बन्द भएका कारण नेपाली बजारमा प्याजको मूल्यमा वृद्धि भएको होइन । भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि भएको कारण नेपाली बजारमा पनि प्याजको भाउ उकालो लागेको उहाँले बताउनुभयो।
‘भारतमा प्याजको मूल्य वृद्धि हुँदा नेपालमा पनि मूल्य वृद्धि हुने र भारतमा मूल्य घट्दा नेपालमा पनि प्याजको मूल्य घट्ने हुन्छ,’ उहाँले भन्नुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****