अब काठमाण्डौ उपत्यकामा छायो खुसीको लहर

समाचार

काठमाडौं। काठमाडौंमा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ।मेट्रो अनलाइन ट्याक्सी एपमार्फत अनलाइन बुक गरेर यो सेवा लिन सकिन्छ। काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले मेट्रो अनलाइन ट्याक्सी सेवा बुधबारबाट सुरु गरिएको कम्पनीले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कम्पनीका अनुसार सेवाग्राहीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध छ । मेट्रो ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश रहेको जानकारी दिँदै कम्पनीले चालकलाइ तालिम समेत दिइसकेको बताएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङले बताए। उनले तालिम मासिक रुपमा विभिन्न क्षेत्र र स्थानहरुमा गरिने योजना रहेको उनले बताए ।

मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको दाबी गरिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको जानकारी दिएको छ। मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिन भनिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ट्याक्सी स्ट्याण्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुनेछन् ।ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरुलाई कम्पनीको निश्चित मापदण्डअनुसार निशुल्क ट्याक्सी बीमा गर्दै आएको कम्पनीले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *