मंसिर २८ गते बन्दको घोषणा

समाचार

चितवनका विभिन्न राजनितीक दलहरुले एमसीसीको विरोधमा मंसिर २८ गते चितवन बन्दको घो’षणा गरेका छन् । एमसीसी खारेजी अ’ भियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज पत्रकार सम्मेलन चितवन ब’ न्दको आह्वान गरेका हुन् ।

बन्दका दिन शैक्षिक संस्था, कलकारखना, बजार र यातायात बन्द समेत गरिने संघर्ष समितिका सचिव अजीव पौडेलले जानकारी दिनुभयो । राष्ट्रघाती एमसीसीको सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको पौडेलले बताउनुभयो ।

२८ गते संसदको बैठक आब्हान गरिएको छ । सोही दिन एमसीसीको बि’ षयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *