चिसो मौसममा खुट्टा नतातेर हैरान हुनुहुन्छ भने हुनसक्छ यी पाँच रोगको संकेत!

स्वास्थ्य

चिसो मौसममा खुट्टा नतातेर हैरान हुनुहुन्छ भने हुनसक्छ यी पाँच रोगको संकेत!चिसाे मौसममा न्यायो कपडाले शरीर ढाक्दा पनि केही मानिसहरु सधैं चिसो महसुुस गरिरहन्छन्। चिसो मौसमबाहेक यसका अन्य कारण पनि हुनसक्छन्।जाडोयाममा खुट्टा चिसो हुनु निकै सामान्य कुरा हो तर यदि तपाईं न्यानो कपडा लगाउँदा र सही खानपानपश्चात् पनि यस्तो महसुस गर्नुहुन्छ भने यो ठूलो समस्याको कारण पनि हुनसक्छ जुन यश प्रकार रहेका छन्:-१)मधुमेह:-मधुमेह रोगीमा हाई ब्लड सुगर हुनु सामान्य हो। बारम्बार पिसाब आउनु वा संक्रमण हुनु यसको प्रमुख लक्षण हो । यदि तपाईंको घाउ चाँडै निको हुँदैन भने यो पनि मधुमेहको लक्षण हुनसक्छ । डाक्टरका अनुसार खुट्टा तात्दैनन् भने मधुमेहको लक्षण पनि हुनसक्छ।२)हाइपोथाइराइडिजम:-हाइपोथाइराइडिजमको अर्थ यो हो कि तपाईंलाई थाइराइडसँग सम्बन्धित समस्या छ । यो एउटा यस्तो स्थिति हो जसमा शरीरले पर्याप्त मात्रामा ह-र्मोन्सको उत्पादन गर्दैन । यो ह-र्मोनले तपाईंका विभिन्न अंगलाई प्रभावित गर्छ र खानालाई उर्जामा बदल्न मद्दत गर्छ । यदि चिसो मौसममा तपाईंको खुट्टा सधैं चिसो रहन्छ भने यो हाइपोथाइराइडिजम हुनसक्छ।३)हाई कोलेस्ट्रोल:-हाई कोलेस्ट्रोलको समस्या शरीरमा सञ्चारको समस्यालाई बढाउने काम गर्छ जसका कारण हाम्रो हातखुट्टा सधैं चिसो हुन्छ । यदि तपाईंलाई पनि यस्तै हुन्छ भने यसले रक्तनलीमा कोलेस्ट्रोल वा इन्फ्लेमेशनको समस्या हुनसक्छ ।  उच्च कोलेस्ट्रोल स्ट्रोक र हार्ट अट्याकजस्ता समस्याको कारण पनि बन्न सक्छ।४)स्ट्रे`स:-स्ट्रे`सका कारण पनि हाम्रो शरीरको रक्तप्रवाह प्रभावित हुन्छ भन्ने थाहा छ ? शरीरको खराब रक्तसञ्चारका कारण हातका र खुट्टाका औंला चिसो हुनसक्छन् । त्यसैले धेरै तनाव भइरहेको स्थितिमा डाक्टरसँग सम्पर्क गर्न अत्यावश्यक छ।५)रेनाे`डकाे समस्या:-रेनो`डको समस्या हुँदा शरीरले चिसोप्रति बढी नै प्रतिक्रिया जनाउँछ। जब तापक्रम कम हुन्छ मानिसको हात–खुट्टा बरफजस्तो चिसो हुन्छ । यस्तोमा तपाईंको हात खुट्टाको रङ पनि फेरिन सक्छ। यदि हात खुट्टाको रङ पहेँलो र निलो भएपछि क्रमशः रातो हुन्छ भने यसलाई गम्भीरताका साथ लिन आवश्यक छ । रेनोडको समस्या त्यतिबेला हुन्छ जब चिसोका कारण हाम्रा धमनी पातलो हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *