काठमाडौँ । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठामा यी ६ गल्तीहरू भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहर बिच अविश्वास पैदा गरिदिन्छन्।घरमा आएका पाहुनाहरूलाई अतिथि गृह नै राख्नु पर्छ ।
सबै मानिसहरूलाई आफ्नो सुत्ने कोठामा ल्याउनु राम्रो हुँदैन। यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटिभ इनर्जी आउँछ जसबाट पति पत्नीमा फाटो आउँछ।सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नीबीचको शान्ति भङ्ग हुन्छ।
सुत्ने कोठामा कहिल्यै पनि काँडेदार बिरुवा वा फुलहरू नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा सुन्दर फुलहरू राख्नुहोस् ।बेडमुनी जुत्ता चप्पलहरू कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेको दुर्भाग्य बढ्छ।
बेडमुनी राख्न नहुने अर्को कुरा हो बिजुलीका उपकरणहरू । यी सामानहरू कहिल्यै पनि बेडमुनी राख्नुहुँदैन । यी सामानहरू बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेको झगडा भइरहन्छ।