यी महिला १७ महिनादेखि ग’र्भ’वती,तर पनि बच्चा जन्मेको छैन

समाचार

एजेन्सी–एक चिनियाँ महिला १७ महिनादेखि ग’र्भवती छिन्। लामो समय ग’र्भ रहेका कारण ती महिलाले चिकित्सकसँग शल्यक्रिया गरी बच्चा निकालिदिन आग्रह गरेकी छिन् । हुनान प्रान्तकी वाङ सिले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने थियो ।उनी सन् 2019 मा ग’र्भवती भएको र नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल पुगेको बताइन्।

डेट क’टेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल धायौं, तर समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थाले,’ वाङले भनिन् । परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भइसक्यो, अब त हाम्रो धैर्य पनि टु-टिसकेको छ,’ उनले भने।

बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले बताइन् । तर लामो ग’र्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चो’ट पुगेको उनले बताइन् ।‘महिनौसम्म ग’र्भधारण भएर बस्दा ला’ज लागेको छ । स्वास्थ्य खबर पत्रिकाले छापेको छ।

आशा छ अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुनेछ,’ उनले भनिन् । वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *