दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए,रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित!

समाचार

काठमाडौं। विवाहलाई लिएर एक भयावह घटना घटेको छ। जसले गाउँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेश आगराको ताज शहरबाट एउटा स्तब्ध पार्ने समाचार आएको कुरा भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । मिडिया रिपोर्टका अनुसार दुई जना दाजुभाइले दुई जना बहिनीलाई विवाह गरेका थिए।

भएको के भने विवाह भएको राति नै ति दुई दुलहीले गर गहना लिएर फरार भएका हुन् । विवाहको पहिलो रात सुरु हुनुभन्दा ठीक अघि शौचालय जाने बहानामा फिल्मी स्टाइलमा गहना–रूपैयाँ लिएर फरार भएको खुल्न आएको छ । दुलही खोज्दा सुराकसम्म पनि फेला नपारेपछि केटाहरुसहित सिंगो परिवार निराश छ।

जानकारी अनुसार दुबै दुलहीको माइतीबाट विदा भएर आएको तीन घण्टा पछि बाह प्रहरी चौकी क्षेत्रमा रहेको फेरेरा गाउँ पुगेर फरार भएको खुल्न आएको छ । बाह प्रहरी चौकी क्षेत्रको फेरेरा गाउँ निवासी दुई भाइको बिहीबार सोनभद्रकी दुई दिदीबहिनीसँग विवाह भएको थियो ।

राति ११ बजे तिर बिहे पूरा भयो । त्यसपछि माइतीले दुई छोरी दिएर विदा गर्दिएका थिए । आरोप छ कि दुलहीको भाइले पनि विवाहको लागि एक लाख ६० हजार रूपैयाँ लिएका थिए । रातको एक बजे दुबै दुलहीहरु आफ्नो भर्खर बनेको नयाँ घर अर्थात श्रीमानको घरमा पुगेका थिए ।

राति सुत्ने तयारी हुँदै गर्दा दुलहीले शौचालय जान्छु भनिन् । भर्खर आएकी दुबै बुहारीहरू लिएर सासु शौच गराउन खेतमा गइन् । त्यहाँ एक दुलहीले जुक्ति लगाएर लोटामा ल्याएको पानी पोखिन् ।त्यसपछि उनीहरुले सासुलाई फेरि पानी ल्याउनका लागि पठाए । जब सासु पानी लिएर फर्किन्, उनले दुबै बुहारीलाई देखिनन् । उनले आफ्नी दुई बुहारीमाथि केहि अनर्थ त भएन भनेर अनुमान लगाउन सुरु गरिन्।

बुहारी हराएको कुरा उनले परिवारका सदस्यलाई पनि जानकारी गराइन् । उनीहरुले गाउँलेहरूसँग मिलेर हराएका दुलहीको खोजी शुरू गरे । तर दुबैलाई भेट्ने संकेतसम्म फेला पार्न सकिएन् । दुलहीहरुले लगाएको गहना र रुपैयाँसहित हराएका थिए । त्यसपछि सबैजना लगभग के कुरामा पक्का भए भने उनीहरु आफैं षडयन्त्रपूर्वक भागेका हुन्।

परिवारले पछि थाहा पायो कि दुलहीहरु भाग्नको लागि पहिलदेखि नै तयार भइसकेका थिए । यसका लागि गाउँ बाहिर गाडी पार्क गरिएको थियो । दुबै दुलहीले केटापक्षलाई माइतीघर पनि ढाटेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु सोनभद्रको नभई अरु कुनै जिल्लाको भएको हुनसक्ने जनाइएको छ।

अहिले दुलहा र उसको परिवार दुःखी छन् । बुबाले पनि छोरालाई विवाहको लागि एक लाख ६० हजार रूपैयाँ दिएका थिए । ताकि उनीहरूको घर बसोबास गर्न सकून् भनेर उक्त रकम उपलब्ध गराएका हुन् । तर विवाहजस्तो खुःशी हात परेको ती घण्टामा नै सबथोक बर्बाद भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *