यो भाँडामा नखानुस् खाना,नत्र भइएला नपुंसक

स्वास्थ्य

काठमाडौँ । प्लाष्टिक हाम्रो दैनिक जीवनमा प्रयोग हुने वस्तु हो । हरेक काममा प्लाष्टिकको प्रयोग हुने गर्छ र हामी चाहेर पनि प्लाष्टिकलाई आफ्नो जीवनबाट टाढा राख्ने कल्पना पनि गर्न सक्दैनौ।चाहे बजारबाट सामान ल्याउन होस् या खाना प्याक गरेर ल्याउन होस् या चिया खान होस् हरेक काममा प्लाष्टिकको भाँडाको प्रयोग हुने गर्छ।

तर, यही प्लाष्टिक स्वास्थ्यका लागि भने अस्वस्थकर छ। प्लाष्टिकका भाडामा चिया खानु, वा प्लाष्टिकको लेपन गरिएको भाडामा खान खानुले नपुंसक हुने सम्भावना समेत रहन्छ।एक सोधका अनुसार प्लाष्टिकमा कुनै तातो वस्तु राख्दा प्लाष्टिकमा बिपिए ९विष फिनोल ए० नामको एक रसायन निस्किन्छ, जसले पुरूषलाई नपुंसक बनाउन सक्छ।

मुसामा गरिएको परिक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो। यसले नपुंसक बनाउनुका साथै मष्तिष्कमा पनि प्रभाव पार्न सक्छ भने हृदयघातको खतरा समेत ल्याउँछ।यस्तै, सोध अमेरिकाको अफसेट बुकमा समेत प्रकाशित भएको थियो। क्यान्सर स्पेशलिष्ट र क्यान्सर विनर्स एसोसियसनका सदस्य डा पवन गुप्ताले बताएअनुसार प्लाष्टिक जब तातो पेय तथा खानासँग सम्पर्कमा आउँछ तब बिपिए नामको रसायन निकाल्छ र यसले नपुसंक बनाउनुका साथै मुटु रोग, मष्तिष्कमा समेत प्रभाव पार्छ।

कुन भाँडामा खाना बनाउनु राम्रो ?खानेकुरामा विभिन्न पोषक तत्व हुन्छन्। तर खानेकुरा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं। खानेकुरा पकाउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ।त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा गर्छ । त्यस्ता भाँडामा खानेकुरा पकाउँदा हामीलाई अनेक रोग लाग्ने गर्छ।

हामीकहाँ धेरैथरी भाँडा प्रचलनमा छन् । जस्तो तामाको, स्टिलको, प्लास्टिकको, माटोको, कांसको, फलामको । यसमध्ये कस्तो भाँडामा खाना पकाउँदा र खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ? कस्तो भाँडावर्तनले हानि गर्छ ?

पित्तलको भाँडा:पित्तलको भाँडाको तापमा गुड कन्डक्टर हुन्छ । पुरानो जमानामा यसको प्रयोग धेरै हुन्थ्यो । पित्तलको भाँडामा खाना पकाउँदा र खाना खाँदा जुका पर्ने, कफ र वायुदोषको समस्या हुँदैन । यस्तो भाँडामा खाना बनाउँदा केवल सात प्रतिशत मात्र पौष्टिक तत्व नष्ट हुन्छ।पित्तलको भाँडाले एसिड र नुनसँग प्रतिक्रिया गर्छ । त्यसैले अमिलो र नुनिलो खानेकुरा यस्ता भाँडामा पकाउनु उपयुक्त हुँदैन। अन्यथा फुड पोइजनिङ हुन सक्छ।

तामाको भाँडा:केही अध्ययनमा के पाइएको छ भने खानामा पाइने अर्गानिक एसिड तामाको भाँडासँग प्रतिक्रिया हुँदा धेरै तामा पैदा गर्न सक्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसले फुड प्वाइजनिङ गराउन सक्छ।यद्यपि तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । राति तामाको भाँडामा राखिएको पानी बिहान खाली पेटमा पिउँदा रक्त शुद्ध गराउँछ । स्मरण शक्ति बढाउँछ । कलेजोसम्बन्धी समस्या हट्छ।

काँस:काँस चाँदीभन्दा थोरै सस्तो हुन्छ । अतः यसको प्रयोग मध्यमवर्गीयमा अधिक हुन्छ । काँसको भाँडामा खानेकुरा पकाउँदा केवल ३ प्रतिशत मात्र पोषक तत्व नष्ट हुन्छ । साथै, खाना खानको लागि योभन्दा राम्रो अर्को धातु छैन । यसले तपाईंलाई एक होइन, अनेक फाइदा मिल्छ।काँसको थालमा खाना खाँदा रगत सफा हुनुका साथै भोक बढाउँछ । यद्यपि काँसको भाडामा अमिलो चिज राख्नु उपयुक्त हुँदैन।

माटो:माटोको भाँडा पनि प्रचलनमा छ । माटोको भाँडामा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा खानेकुराको पोषक तत्व कति पनि नष्ट हुँदैन।माटोको भाँडामा खाना पकाउँदा पोषक तत्व मिल्छ । दूध वा दूधबाट बनेको उत्पादन राख्न र खानका लागि त माटोको भाँडा सर्वोत्तम नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *