शुक्रबार,शनिबार,आईतबार बिदा गरिने नियम सरकारबाट पारित।

बिश्व समाचार

शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको छ । युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको हो।त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो। परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन

अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ।युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७:३० देखि ३:३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।

त्यस्तै भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *