काठमाण्डौ बसिरहनुभएका सबैलाई आयो नसोचेको खबर।अनिवार्य हेर्नुहोला नत्र दुःख पाइएला

समाचार

काठमाडौँ:नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो।महाधिवेशनका कारण बाटोको अवस्था भने एकदम दुःखदायी हुनेहुनाले कुन बाटो जाम हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने अवस्था छ।

उहाँका अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ । मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिनुभयो ।

कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ । कार्यक्रमस्थलको प्रवेश विन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

ठाउँठाउँमा सिसीक्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । प्रवक्ता राठौरका अनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुनेछ । प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ ।

भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुनेछन्े पैदल, मोबाइल गस्ती नियमित रहनेछन्। आवश्यक थप मद्दत टोलीसमेत व्यवस्थापन गरिएको छ ।

आज कहाँ जाम हुन्छ? महाधिवेशन उद्घाटनका बेला काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने प्रहरीको आकलन छ । तर, नेपाली काँग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको हुनाले सवारी जाम तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरी महाशाखाको दाबी छ। तर, दिउँसो महाधिवेशन उद्घाटनको समयमा प्रदर्शनीमार्ग, टुँडीखेल,सुन्धारा,पुतलीसडक र माइतीघरमा सवारी जाम हुने महाशाखाले जनाएको छ।

महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपतर्फ जाने सड्कमा ट्राफिक महाशाखाले सवारी–साधन डाइभर्ट गर्ने निर्णय गरेको छ । पद्मोदय मोडबाट पर्यटनबोर्डतिर जाने सवारीलाई विहान १० बजेपछि डाइभर्ट गरेर पुतलीसडकतर्फ पठाउने भएको छ ।

रत्नपार्कबाट आएका गाडी र मोटरसाइकल पनि राष्ट्रिय सभागृहतर्फ छिर्न पाउने छैनन् । पद्मोदय–सभागृह सडक खण्ड बाहेक अन्यत्र सवारी डाइभर्ट गरिएको छैन। भीआईपीका सवारी साधन भृकुटीमण्डपभित्रै पार्किङ गरिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *