यहि मंसिर १७ गते देशभर सार्वजनिक बिदा दिने निर्णय,कारण यस्तो

समाचार

काठमाडौं । यहि मंसिर १७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ । १७ गते अन्त्रराष्ट्रिय अपांग दिवस परेकोले अपांगता भएका कर्मचारीहरुलाई देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।यस्तै त्यस दिन अर्थात मंसिर १७ गते मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी परेको छ । त्यस दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसरी शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *