२ बर्ष अगाडि डिभी परेर अमेरिका पुगेका २२ बर्षिय युवक काठ’को बाकसमा घर फर्कदै

समाचार

अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल ल्याइने भएको छ ।गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागरका अनुसार सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ ।सृजनको शव नेपाल ल्याउनको लागि गोफण्ड मार्फत रकम संकलन गरिएको थियो । अहिलेसम्म गो फण्डबाट २५ हजार डलर सङ्कलन भैसकेको बताइएको छ ।उनी काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि नजिकैको अस्पतालमा पुर्‍याएको थियो ।

सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल पठाएको थियो ।त्यहाँ पनि कुँवरको उपचार सम्भव नभएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए । डिभीमार्फत २६ महिना अगाडि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *