काठमाडौबासीलाई आयो नसोचेको दुखद खबर।जो कोही काठमाण्डौ हुनुहुन्छ,सतर्क रहनुहोला

समाचार

काठमाडौँ : काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका छन् ।अहिले काठमाडौंको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाडौंमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।

अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ ।यति बेला काठमाडौं विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । सबैभन्दा धेरै प्रदूषित हावा भएको सहरमा भारतको केन्द्रीय राजधानी दिल्ली र दोस्रोमा पाकिस्तानको लाहोर र तेस्रोमा भारतकै कोलकत्ता शहर रहेको छन् ।

यी हुन् नेपालका रेड जोन सहर– नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्याङ्कअनुसार प्रदूषण बढ्दै गएको छ । शनिबार बिहानको तथ्याङ्क अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।

पिएम २.५ को मात्रा प्रतिघण्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *