गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुँदै,यी देशहरुमा सिधा उडान

समाचार

काठमाण्डाै/गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न थाइल्यान्डकाे एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुसार एरो थाईलाई क्यालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ।

क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।

एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ ।

एरो थाई थाइल्यान्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एअरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाईले उपलब्ध गराउने गरेको बताइन्छ ।आउँदाे नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्यालिब्रेशन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक हप्ता अवधिको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *