अब मात्र १० हजारको खर्चमा वैदेशिक रोजगार?विदेश गएर काम गर्न चाहनेहरुलाई आयो यस्तो खबर

समाचार

काठमाडौँ– सस्तो लोकप्रियताका लागि १० हजारमा रुपैयाँमा वैदेशिक रोजगारीमा लैजाने घोषणा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले बताए । तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङको पहलमा सरकारले २०७२ असार २१ गते खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरेको थियो ।

शुक्रबार राजधानीमा आयोजित वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता विषयक अन्तर्क्रिया कार्यक्रममा कामदारलाई सस्तो मूल्यमा रोजगारमा पठाइने निर्णय व्यवहारिक नभएको उनलेबताए । ‘कामदारको एक महिनाको मासिक तलब लिन मिल्ने व्यवस्था गर्न लागेका छौ,’ उनले भने,’ कामदारको हितलाई लक्षित गरी श्रम गन्तव्य मुलुकसँग सम्झौता गर्न लागिएको छ ।’

दक्ष कामदारलाई मात्र वैदेशिक रोजगारमा पठाउने तयारी भइरहेको सचिव गौतमले बताए । तालिम प्रदान गर्नका लागि विभिन्‍न संघ संस्थासँग सहकार्य भइरहेको उनको भनाइ छ । गौतमले सीप सिकाएर मात्र कामदार पठाउने व्यवस्था गर्दा गैरकानुनी रुपमा अन्य मुलुकबाट रोजगारीका लागि चुनौती औल्याए।

‘घरेलु कामदारलाई कसरी सुरक्षित तरिकाले पठाउन सकिन्छ त्यसको अध्ययन गरिन्छ,’ उनले भने,’ महिला कामदारको सुरक्षाका लागि सरकारले प्रतिबन्ध लगाएको हो । अब पठाउँदा भने महिला कामदार कुन रोजगारदाताकोमा र कस्तो अवस्थामा छन भनेर पत्ता लगाउन सकिने गरी काम गर्न लागेका छौ ।’

जीवन बाच्‍न गाह्रो हुनेलाई मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको काम उपलब्ध गराउँदै आएको सचिव गौतमको भनाइ छ । तीन महिना काम गर्दा उनीहरूको जीवन सहज हुने भएकाले रोजगार प्रदान गरिएको छ । ‘सामाजिक संरक्षण कार्यक्रम हो,’ उनले भने ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमा केही गर्न सक्ने गरी कार्यविधि ल्याउन लागेको छ। पुन: एकीकरण कार्यक्रम अबको एक महिनामा लागू हुने उनले दाबी गरे ।

वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवस्थापन गर्न पुनः एकीकरण कार्यक्रम लागू गर्न लागेको हो ।कार्यविधि कानुन मन्त्रालयबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयले स्वीकृत गर्ने गौतमले जानकारी दिए ।इकागाज डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *