सोमबारदेखि पूर्ण लकडाउन गर्ने

बिश्व समाचार

काठमान्डौ. युरोपेली मुलुक अस्ट्रियाले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसहरूलाई लकडाउन गरेको केही दिनपछि अस्ट्रियाले सबैको लागि लकडाउन गर्ने घोषणा गरेको हो ।चान्सलर एलेक्जेन्डर सालेनबर्गले लकडाउन धेरैमा २० दिन सम्ममा अन्त्य हुने र २०२२ को फेब्रुअरी १ बाट खोप लगाउनु कानुनी आवश्यकता हुने जनाए ।

अस्ट्रिया पश्चिम युरोपमा कम खोप लगाउने देशमा पर्छ । कोभिड संक्रमण बढ्न थालेपछि उसले यस्तो कदम चालेका हुन् ।संक्रमणमा वृद्धि भएकाले अरू धेरै यूरोपेली देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन् ।“हामी पाँचौँ लहर चाहँदैनौ,” अस्ट्रियाको नौ ओटा प्रान्तका गभर्नरहरूसँग छलफल गरेपछि सालेनबर्गले भने ।

पछिल्लो तथ्याङ्कहरूले गत हप्ता प्रति १ लाखमा करिब ९९० जनालाई कोभिड संक्रमण भएको देखाउँछन् ।स्वास्थ्यमन्त्री वुल्फग्याङ मक्सटेइनले लकडाउन गर्नु ‘अन्तिम उपाय’ भएको जनाए ।अस्ट्रियाली नागरिकलाई घरबाटै काम गर्न, कम आवश्यक पसलहरू बन्द गर्न र भौतिक उपस्थितिमा हुने बालबालिकाको सिकाइको लागि विद्यालयहरू खुला नै राख्न भनिएको छ । लकडाउन डिसेम्बर १२ सम्म हुनेछ तर १० दिनपछि पुनः मूल्याङ्कन गरिनेछ ।

यसैबीच, स्लोभाकियाका प्रधानमन्त्री एडुआर्ड हेगेरले पनि खोप नलगाएका मानिसहरूको लागि सोमबारदेखि लकडाउन गर्ने घोषणा गरेका छन् । यस्तै, चेक सरकारले पनि थुप्रै सेवाहरूलाई कटौती गर्दैछ । नेदरल्याण्डले गत सातादेखि आंशिक लकडाउन सुरु गरेको छ ।यसैबीच, स्लोभाकियाका प्रधानमन्त्री एडुआर्ड हेगेरले पनि खोप नलगाएका मानिसहरूको लागि सोमबारदेखि लकडाउन गर्ने घोषणा गरेका छन् । यस्तै, चेक सरकारले पनि थुप्रै सेवाहरूलाई कटौती गर्दैछ । नेदरल्याण्डले गत सातादेखि आंशिक लकडाउन सुरु गरेको छ ।

यो हिउँदमा पूर्ण लकडाउन गर्ने अस्ट्रिया युरोपको पहिलो देश हो ।विश्व स्वास्थ्य संगठन युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले आउँदो हिउँद कठिन हुने चेतावनी दिएका छन् । उनले यसका लागि अपर्याप्त खोपसँगै सुरक्षात्मक उपायहरू खुकुलो पारिनु र बढी सर्न सक्ने डेल्टा भेरियन्टको फैलावट जिम्मेवार रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *