गाडीबाट सडकभर पैसा झरेपछि टिप्नेहरुको भीड, राजमार्ग जाम

बिश्व समाचार

एजेन्सी । पातझैँ पैसा झर्न थाले के हुन्छ ? जो सुकैले टिप्न थाल्छ । शुक्रबार बिहान अमेरिकाको एक राजमार्गमा यसैगरी एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भीड लागेको बीबीसीले जनाएको छ । गाडीबाट सडकभर पैसा झर्न थालेपछि मानिसहरु हतारहतार नोट टिपिरहेको सामाजिक सञ्जालमा प्रेषित भिडियोमा देखिएको छ ।यस घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको बताइएको छ । प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो।

त्यहाँका प्रहरीका अनुसार पैसा टिप्ने केहीलाई गिरफ्तार गरिएको छ भने पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ।गाडीको ढोका बीच सडकमा खुल्दा सडकभर पैसा झरेर यत्रतत्र छ’रिएका थिए । त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई प’क्रा उ गरिएको छ भने पैसा फिर्ता दिन आग्रह समेत गरिएको छ। शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टि’पेको नोट फिर्ता भएको बताइएको छ ।

यो पनि:काठमाडौको टोखामा सुन कछुवासहित दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया महिला सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षिय पुरुष अम्बिर राई रहेका छन्।

उनीहरुलाई काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सुन कछुवासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा खटिएकोसशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *