परिवार नै धन्दामा:आमाछोरा यस्ता अवस्थामा पक्राउ परे बाबु फरार

समाचार

काठमाडौ । अभिभावक चाहन्छन् आफ्ना छोराछोरी कुनै गलत काममा नलागुन् । तर कुनै यस्ता परिवार हुन्छन् जो सबै कानुन विपरितका काममा लागेका हुन्छन् । यस्तै एक परिवारका आमाछोरा पक्राउ परेका छन् भने बुवा फरार छन् । दाङ्गमा यस्तो घटना भएको हो । उनीहरुका परिवार नै ला गू औषध कारोबारमा संलग्न भएको प्रहरीले जनाएको छ ।तुलसीपुर प्रहरीले एक घरमा छापा मा रे र करिब २० ग्राम ब्राउनसुगरसहित आमा(छोरालाई पक्राउ गरेको हो। शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर

उपमहानगरपालिका(५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मा र्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्रा उन सुगर बरामद भएको हो।पक्राउ पर्नेमा आमा सुशीला र उनका छोरा रोहन श्रेष्ठ रहेका छन्। यस प्रकरणमा संलग्न बाबु वसन्त श्रेष्ठ भने फरार रहेका छन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्रा उ न सुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो।

सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालयदेखि पछाडि छ। तर उनी हाल तुलसीपुर(५ मा बस्दै आएकी छिन्। प्रहरीका अनुसार आमाछोरा नै ब्रा उ न सुगर कारोबारी हुन् ।उक्त कारोबारमा उनका श्रीमान् वसन्तको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। उनलाई पनि अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *