फेरी बढ्दैछ अर्को खतरा:सतर्क रहनु भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

समाचार

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै सर्वसाधारणहरुका लागि सूचना जारी गरेको छ । जाडो महिनामा इन्फ्लुएञ्जा अर्थात फ्लुको प्रकोपको जोखिम बढेको भन्दै मन्त्रालयले सूचना जारी गरेको हो ।फ्लु भाइरसका कारण सर्ने सङ्क्रामक रोग भएको र यो जाडो महिनामा बढी सक्रिय हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।फ्लु नवजात शिशु, अधबैँसे व्यक्ति र वृद्धवृद्धा गरी सबै उमेर समूहका मानिसलाई लाग्ने र पूर्व सावधानी अपनाएमा बच्न सकिने मन्त्रालयको भनाइ छ ।

बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम राख्ने,खोक्दा, हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने, शारीरिक रुपमा सक्रिय रहने, प्रसस्त झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म सामान्य बिरामी हुँदा पनि घरमै बस्ने, बेलाबेला साबुनपानीले हात धुने गरेमा फ्लुबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।सामान्यतया फ्लु भएका बिरामीलाई डाक्टरको हेरचाह र एण्टीभाइरल औषधिको आवश्यकता नपर्ने भए पनि दीर्घरोगी, गर्भवती, सुत्केरी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धाले भने डाक्टरसँग नियमित सम्पर्कमा बस्नुपर्ने मन्त्रालयको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *