फेसबुकमा खाता छ भने यसरी कमाउनुहोस् टिकटक मा जस्तै गरी लाखौ पैसा।६० लाख सम्म कमाउन सकिने

बिश्व समाचार

काठमान्डौँ। गत जुलाई महिनामा फेसबुक (हाल मेटा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सन् २०२२ को अन्त्यसम्म क्रिएटरलाई एक अर्ब डलर प्रदान गर्ने घोषणा गरेका थिए। तर त्यतिबेला उनले यसबारे थप विवरण खुलाएका थिएनन् । हालै द इन्फर्मेशनले बाहिर ल्याएको एक रिपोर्टअनुसार मेटाले प्रयोगककर्तालाई कुल एक अर्ब डलर प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत फेसबुककाे लाइभ अडियो रुम गर्ने प्रयाेगकर्ताले ५० हजार डलर (करिब ६० लाख रूपैयाँ) सम्म आम्दानी गर्न सक्ने भएका छन् । पछिल्लो समय क्लब हाउसले बजार लिइरहेको सन्दर्भमा फेसबुकले आफ्नो अडियो रुम प्रयोगकर्तालाई लक्षित गर्दै यो योजना ल्याउन लागेको हो ।याे याेजनाबाट एक क्रिएटरले १० हजारदेखि ५० हजारसम्म डलरसम्म कमाउन सक्नेछन् ।

यसका लागि क्रिएटरले कम्तिमा आधा घण्टाका चारदेखि छ वटा सेसन होस्ट गर्नुपर्ने हुन्छ । फेसबुकले गत असारमा मात्रै लाइभ अडियो रूम र पोडकास्ट सेवा सुरु गरेको थियो । साथै मेटाकै फोटो शेयरिङ एप इन्स्टा ग्रामले पनि रिल पोस्ट गर्ने क्रिएटरलाई ३५ हजार डलरसम्म दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *