पिकनिक खान गएका मेयरका छोराको पिकनिक स्थल’मै मृ’त्यु

समाचार

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीलाई पुत्र शो’क परे’को छ ।शनिवार साथीसँग (पिकनिक) बनभोज खान गएका पशु चिकित्सक २८ वर्षिय मनोज चौधरीको चौदण्डीगढी नगरपालिका– १० देबधार खोलास्थित भिमसेन थान मन्दिर नजिक डु’बेर मृ’त्यु भएको हो ।बिहान १० बजेतिर घरबाट साथीसँग पिकनिक खान गएका मनोज १ बजेतिर खोलामा नुहाउने क्रममा डु’बे’र मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पिकनिक खाना १४ जना साथीहरु मिलेर गएका थिए । घटनास्थल मदन भण्डारी लोकमार्ग देबधारबाट करिब डेढ किलोमिटर माथि जंगलमा पर्दछ । घटना स्थलमा खोलाको पानी ४ फिटभन्दा बढी नभएको बताइएको छ ।घ’टना कसरी भयो भन्ने बारेमा प्रहरीले अ’नुसन्धान थालेको छ । पिकनिक खान गएका साथीहरुकाअनुसार मनोज हराएपछि खोज्ने क्रममा खोलामा डु’बे’को

अव’स्था फे’ला परेको बताएका छन् । उनको श’व पो’ष्टमार्ट’मका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।कानुनी प्रक्रिया पुरा गरि आइतवार पो’ष्टमा’र्टम गर्ने तयारी गरेको छ । नगर प्रमुख चौधरीको एउटै छोरा हुन् भने उनी बेलका नगरपालिकामा पशु सेवा कार्यालयमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *