खाना खाएको दुई घण्टासम्म गर्नुहुँदैन यी ६ कामहरु,नत्र क्यान्सर र मुटुरोगले सताउला

स्वास्थ्य

एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन:

धूम्रपान:हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हानिकारक कुरा हो तैपनि खाना खानेबित्तिकै धूम्रपान त कुनै हालतमा नगर्नुस्। यसो गर्दा आन्द्रा र फोक्सोको क्यान्सर हुन्छ।

फल खाने:खाना खाएलगत्तै फलफूल खानुभयो भने त्यो आमाशयमा गएर अड्किन्छ र आन्द्रामा पुग्न पाउँदैन । यसले गर्दा स्वास्थ्य बिग्रन्छ र पेटमा खाना कुहिन्छ । त्यसैले खाना खाएको कमसेकम एक घन्टापछि वा एक घन्टाअघि मात्र फल खानुस् । सबभन्दा गजब त बिहानै उठेर खाली पेटमा फल खाएको राम्रो । यसले तपाईंलाई ऊर्जा दिन्छ।

चिया कफी:अधिक चिया पिउँदा स्वास्थ्यमा असर पर्छ तैपनि खाना खानेबित्तिकै त चिया पटक्कै नपिउनुस् किनकि चियापत्तिमा धेरै अम्ल हुन्छ । यसले भोजनमा भएको प्रोटीनलाई हानि गर्छ र खाना पच्न मुश्किल हुन्छ । खाना खाएको एक घन्टापछि मात्र चिया पिउनुहोला।

नुहाउने:खाना खानेबित्तिकै नुहाउन नजानुस् । यसरी तुरन्तै नुहाउँदा शरीरमा रगतको प्रवाह बढ्छ । अनि पेटको चारैतर्फ रगतको मात्रा कम हुन्छ । यसबाट पाचन प्रणाली कमजोर हुन्छ।

हिँडडुल:हिँड्नु त स्वास्थ्यका लागि लाभदायक हुन्छ तर खाना खानेबित्तिकै वाक गर्न जानु गलत हो। यसले अपच गराउन सक्छ। खाना खाएको आधा घन्टापछि टहल्न थाल्नुस् । यसो गर्दा पेटमा एसिड जम्न पाउँदैन।सुत्ने:खाना खानेबित्तिकै सुत्ने मानिसले खाना पचाउन सक्दैनन्। यसकारण उनीहरूलाई ग्यासको समस्या हुन्छ र आन्द्रामा संक्रमण हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *