बिहान हत्केला हेर्दै मात्र १ मन्त्र जप गर्नुहोस्,सधै मिल्छ ३ देवताको कृपा

समाज

काठमाडौँ । कुनै पनि काम गर्नुअघि बिहान सबेरै उठेर स्नान गर्नु सामान्य शास्त्रीय विधि हो। तर आज हामी तपाईलाई एक यस्तो विधि बताउनेछौँ, जुन काम गर्नुअघि न नुहाउनु पर्छ न ब्रस गर्न।तपाई यो विधि आँखा खुल्ने वित्तिकै प्रयोग गर्न सक्नुहुनेछ। शास्त्रका अनुसार बिहान आँखा खुल्नासाथ आफ्नो हातको हत्केला आफ्नो अगाडि मिलाएर राख्नुहोस् र त्यसको दर्शन गर्नुहोस्।

त्यसपछि तपाईले यो मन्त्र जप गर्नु पर्ने हुन्छःकराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती ।करमूले तु गोविन्दः प्रभाते करदर्शनम ।।हत्केलाको अग्रभागमा भगवान् लक्ष्मी, मध्ये भागमा विद्यादेवी सरस्वती र मूल भागमा भगवान गोविन्दको निवास छ। म आफ्नो हत्केलामा यिनको दर्शन गर्दछु।यो मन्त्र जप गर्दा तपाईले आफ्नो हत्केलामा मात्र ध्यान केन्द्रित गर्नुपर्दछ। र मन्त्र जपपछि दुबै हात घर्षण गरेर आफ्नो अनुहारमा लगाउनु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *