नेपालले पनि थप्यो सातामा एकदिन बिदा,आइतबार पनि सार्वजनिक बिदा थपियो!

समाचार

नेपालमा अब आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ। सरकारी अध्ययन समितिले केहि दिनअघि नेपाल सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा स्वीकृत गर्न सिफारिस गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिनै गठन गरेर हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गरेको थियो। मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदे व घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी सार्वजनिक बिदा थप गर्न सरकारलाई सिफारिस गरेको बताइएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *