इन्धनको मूल्यवृद्धि फिर्ता हुनेबारे आयो यस्तो खबर।फेरी बन्द?

समाचार

काठमाण्डौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् । समाचार आजको आर्थिकन्यूजमा प्रकाशित छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले भने,‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजना नै भन्छौं, अनि घट्दापनि समायोजन नै भन्छौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पूर्ण रुपले अन्य मूलुकमा निर्भर हुने विषय हो ।अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ । लेखापरीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारणसभा आह्वान गर्दै आएका छौं, गत पुषमा हामीले साधारणसभा गरेका थियौं ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्याय पोडियममा बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन?****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ठ्याक्कै भन्नुहोस भनेर सोधेका थिए । सिटौला आक्रामक रुपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुन्छ भन्दै सिटौला बोल्दै गर्दा आफूले धैर्यतापूवर्क सुनेको भन्दै अब आफ्नो बोल्ने पालोमा पनि शान्त भईदिन आग्रह गरेका थिए****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *