नेपालमा फेरि लकडाउन गर्न विज्ञको यस्तो सिफारिस,सरकारले के गर्ला?

समाचार

काठमाडौं । नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन् । नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले आग्रह गरेका छन् ।बङ्गालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा ठूलो वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने उनले बताए ।

बुधवार बेलुकादेखि नै काठमाण्डौलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको उनको भनाइ छ ।उनले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाण्डौ पनि प्रभावित हुने बताए ।

उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगरलगायतका ठाउँमा वायु प्रदूषणको स्तर बिग्रिँदै गएको बताए । जलवायु विज्ञ डा‍ उप्रेतीले भने अहिले अरेबियन सागर र बङ्गालको खाडीको केही क्षेत्रमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बङ्गालको खाडीमा उत्पन्न हुने प्रणालीले दक्षिण भारतमा ठूलो वर्षा गराउँदै गरेको बताए ।

त्यहाँ दुई सय १५ मिलिमिटरभन्दा बढीको वर्षा हुने अनुमान गरेर रेड अलर्ट जारी गरिएको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । वर्षा त हुँदैन, तर त्यसले उच्च हिमाली क्षेत्रमा बढी हिमपात हुने र बाक्लो कुहिरो लाग्ने, तराईमा शीतलहर हुन सक्ने सम्भावनालाई पनि नकार्दैन ।

चिसो बढ्ने नै भयो, सबैभन्दा विकराल रूप यतिबेला के ल्याउन सक्छ भने भारतमा अहिले प्रदूषणको मात्रा खतरा तहभन्दा माथि छ, यदि हावाको दिशा उत्तरतिर सर्‍यो भने दिल्लीदेखि भारतका ठूला सहरमा भएको प्रदूषणको मात्रा विराटनगर, धनगढी, महेन्द्रनगरमा आइसके छ’ उनले बताए ।

‘हावाको खतरा तहमा पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाण्डौमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले ज्यान पनि जान सक्छ ।’ उनले भने ।

उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरूले पानी छर्कने, उद्योगहरू केही दिनका लागि बन्द गर्ने र गाडी बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए । उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोग निम्त्याउन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *