यो दिन सार्वजनिक विदा दिने सरकारको निर्णय(सूचनासहित)

समाचार

काठमाडौं । नेपाल बहुभाषिक मुलुक हो । यहाँ विभिन्न भाषा र जातजातिका मानिसहरूको बसोबास छ । विभिन्न मानिसहरूले आआफ्नो पर्व मनाइरहेका हुन्छन ।यसै अवसरमा आउँदो मंसिर ३ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको छ । गुरु नानक जयन्तीका अवसरमा सरकारले उक्त दिन बिदा दिएको हो ।

यद्यपि, उक्त बिदा नेपाली सिख धर्मालम्बीहरुलाई मात्र हुनेछ । सरकारले यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गरि उक्त जानकारी गराएको छ ।मंसिर ३ गते शिख धर्मका प्रवर्तक गुरु नानकको जन्म जयन्ती परेको छ । शिख धर्माबलम्बीहरुले आफ्नो गुरुको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

गुरुको सम्झनामा धर्मका अगुवाईकताहरुले प्रभातफेरी गर्नुका साथै उहाँको विशेष पुजापाठ गर्ने गर्दछन् । हरेक बर्ष कात्तिक पूणिर्माका दिन शिख धर्माबलम्बीहरुले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् ।नेपालमा डेढसय बर्ष अघिदेखि शिख समुदाय प्रवेश गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *