चितवनबाट लखेटिए प्रचण्ड,ज्यान जोगाउन मुस्किल

समाचार

काठमाडौ। केन्द्रमा सत्ता गठबन्धन भए पनि चितवनमा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संघर्ष चलिरहेको छ। फागुनदेखि वैशाखसम्म तिनै तहको निर्वाचनको चर्चा चलिरहेका बेला कांग्रेसले चितवनमा माओवादी लखेट्ने रणनीति बनाएको छ।कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केही दिनअघि प्रचण्ड र रेणु दाहाललाई चितवनबाट लखेट्ने उदघोष गरेका थिए। कांग्रेस नेता कार्यकर्ता माओवादीविरुद्ध यसरी विद्रोहमा उत्रेपछि माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी भरतपुरकी मेयर रेणु दाहालले चित्त दुखाएका छन्।

प्रचण्डले केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि चितवनमा नेता कार्यकर्ताले रेणु दाहाल र आफूलाई लखेट्ने भन्नु विडम्बना रहेको गुनासो गरे।देउवालाई प्रधानमन्त्री बनाए पनि कांग्रेस कांग्रेसभन्दा अधिक ठाउँमा जितेको स्मरण गर्दै प्रचण्डले तै पनि प्रधानमन्त्री देउवा बनाउँदा खुसी हुनुपर्नेमा उल्टै लखेट्ने कुरा गर्दा अचम्म लागेको बताए।

भरतपुरमा माओवादीको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ जिल्ला सभापति भन्नेहरुले बोलेको सुन्नुभयो नि, खुसी हुनुपर्ने होइन ?त्यसैगरी मेयर रेणु दाहालले पनि जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुरा आउनु दुखद भएको बताइन्। रेणुले त एमालेले पनि महाधिवेशन चितवनमा गरेर आफूहरुलाई घेरा हाल्न खोजेको गुनासो गरिन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी एवं भरतपुरकी मेयर रेणु दाहालले प्रमुख प्रतिपक्षी एमालेले घेराबन्दी गरेको गुनासो गरेकी छन्। उनले केन्द्र जस्तै सबै पार्टी मिलेर अगाडी बढ्न सुझाब दिईन।आफ्नै पिता प्रचण्डका अगाडि मेयर रेणुले भरतपुरमा आयोजित कार्यक्रममा एमालेले महाधिवेशन चितवनमा गरेर आफूहरुलाई घेरा हाल्न खोजेको गुनासो गरिन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको उनको गुनासो थियो ।

सबैतिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौं । म भन्न चाहन्छु, हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिडेका हौं, अहिले पनि जनताकै लागि लडिरहेका छौं ।जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् । कांग्रेस जिल्ला सभापतिले पनि बाबुछोरीलाई लखेट्ने भनेर धम्की दिएकोमा पनि रेणु र प्रचण्ड दुबैले चित्त दुखाएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन्। माओवादी केन्द्र भरतपुर महानगर समितिले शुक्रबार आयोजना गरेको चियापान एवं दशैं,तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका छन्।

उनले भने,‘तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ।’ माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो।आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे। उनले भने,‘म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस्। माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको उनको दाबी रहेको छ।

आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताउउँदै आफू चितवन निर्वाचन क्षेत्रबाट कतै नभाग्ने पनि बताएका छन्।उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने,‘प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *