आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

समाचार

काठमाडौं – आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा दिने स्थानिय सरकारले निणर््य गरेको छ । बैतडी जिल्लाको मेलौलीमा लाग्ने जात्राका लागि मेलौली नगरपालिकाले सूचना जारी गर्दै आज बिहीबार र भोलि शुक्रबार सार्वजनिक बिदा हुने जनाएको छ भने पर्सि शनिबार बिदा नै छ । यसरी आजदेखि लगातार ३ दिन सार्वजनिक बिदा हुँदैछ ।

मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा आज बिहीवार र भोलि शुक्रवार बलीसहित भव्य जात्रा लाग्दैछ । नगरपालिकाले दिएको बिदाको २ दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताएका छन् ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी देश भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले समेत बिहीवार १ दिन सार्वजनिक दिने निर्णय गरेको छ ।नगर प्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आज बिहीवार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएकाले बिदा दिइएको जानकारी दिए।

बिदाका दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय लगायतका कार्यालयमा बिदा रहने जानकारी दिइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *