जागिरको खोजीमा हुनुहुन्छ?या हातमा पैसा टिक्दैन?गनुहोस् यस्तो काम,मिल्नेछ तत्काल लाभ

समाज

जागिरको खोजीमा हुनुहुन्छ? या हातमा पैसा टिक्दैन? गनुहोस् यस्तो काम, मिल्नेछ तत्काल लाभ। धन मानिसका लागि नभई नहुने कुरा हो । तर सम्पत्ती नै सबैकुरा भने होइन । धन सम्पत्तीले धेरै काम गर्न सकिने भएकाले यसले जिवनलाई सहज बनाउँछ । त्यसैले धन प्राप्तीका लागि मानिसले अनेक उपाय अपनाउँछन् ।

हिन्दु धर्ममा धन र जागिर प्राप्त गर्नका लागि केही धार्मीक नियम र मन्त्र छन् जसले सफल बनाउँछ । त्यसैले मानिस सम्पत्ति कमाउन जागीर र ब्यवसायको आवश्यकता पर्दछ । यदि हाम्रो शरिरमा सकारात्मक उर्जा छैन भने त्यो सम्भव हुँदैन ।

त्यसैले सकारात्मक वातावरण बनाउनका लागि केही मन्त्र र व्रत छन् । हामी त्यस बारेमा तपाईलाई जानकारी गराउन चाहन्छौ । कतिपय मानिसले अनैकौ उपाय गर्दा पनि जागीर पाउन सकेका छैनन् । तर हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।

धर्मशास्त्रहरुका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ । व्रतले शरिर र मन शुद्ध हुन्छ । जसवाट हामीलाई सकारात्मक उर्जा प्राप्त हुन्छ । सकारात्मक उर्जाले नै मनोकामना पुरा हुन्छ । तर के का लागि कस्तो व्रत बस्ने रु त्यसबारे जानकारी नहुदाँ द्विविधा हुने गर्दछ ।

त्यसैले हामी जागीर पाउन र धनसम्पत्ति कमाउन कुन व्रत कसरी बस्ने त्यसबारे जानकारी दिँदैछौ । जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम १. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत राख्नु पर्दछ । २. शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ । ३. आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ ।

४. शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुदैन ।५. साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ । ६. त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ । ६. साझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ ।

धन प्राप्तीका लागी गरिने व्रत र नियम १. धनसम्पत्ति प्राप्तीका लागी लक्ष्मी भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ । २. यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ । ३. व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।

४. व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ । ५. रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ ।६. आरती पश्चात गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नपर्दछ । ७. त्यसपश्चात मात्र अन्नको सेवन गर्नुपर्दछ । तर नुन सेवन गर्नुहुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *