नेपाल ब’न्द गराउने विप्लवका ११ कार्यकर्ता प’क्रा’उ। हट्छ बन्द?

समाचार

दमाैली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल ब’न्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट प’क्रा उ परेका छन्। आज बिहानैदेखि नेपाल ब’न्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले प’क्रा उ गरेको हो ।ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्कर लगायत प’क्रा उ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो। प’क्रा उ परे का नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल ब’न्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।

यस्तै, काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ । पेट्रोलियम पदार्थ सहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जन दबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते ब’न्द आह्वान गरेको थियो। मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *