भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो। भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
“हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गरेका छन्। लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ। चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****