सुरु भयो 649 रूपैयाँ मै सिजी(CG)नेटको 50 एमबीपीएस इन्टरनेट (सम्पर्क नबर सहित)

समाचार

इन्टरनेट सेवाप्रदायक सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नसक्ने छन् । कम्पनीका अनुसार यो प्याकेज एक महिना, ३ महिना, ६ महिना र एक वर्षका लागि

उपलब्ध छ । एक महिने प्याकेज लिने ग्राहकलाई निःशुल्क जडान र ड्रप वायर वितरण गर्ने कम्पनीले जनाएको छ । त्यस्तै तीन महिनाको प्याकेजअन्तर्गत १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ भने ६ महिनाको शुल्क तीन हजार ८९४ रुपैयाँ

निर्धारण गरिएको छ । त्यस्तै वार्षिक ग्राहकले सात हजार ७८८ रुपैयाँमा यो प्याकेज खरिद गर्नसक्नेछन्, जसअन्तर्गत जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सकिने छ । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका

नाममा यसै वर्षबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएकाे हो । सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिएको कम्पनीले हालैमात्र ५० एमबीपीएसको प्याकेज ल्याएको हो । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि

बजारमा ल्याउने बताएको छ । भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ । शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै

जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको

सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www डट cgnet डट com डट np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर

‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *