भू’पेन्द्र बडुवालको बुबा मिडियामा(भिडियो)

समाचार

मंगलबार रातिदेखि कैलालीको लम्कीचुहा नगरपालिका–१ का डम्बर र भावना बडुवाल पुत्र वियोगको पीडाले सम्हालिन सकेका छैनन्। छोरा भूपेन्द्रलाई अल्पायुमा गुमाउनुपर्दा उनीहरु अचेत जस्तै छन्। भावना त भक्कानिदै परिवारको एक्लो छोरा भूपेन्द्रलाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्। 

छिमेकी र इष्टमित्रले दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पत्तिको आँसु थामिएको छैन। छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तिर्ण गरेपछि मंगलबार दिउसोसम्म दंग थियो बडुवालको परिवार। 

कैलालीको लम्कीमा व्यवसाय गर्दै आएका डम्बर पनि छोरालाई अमेरिका पठाउन चाजोपाजो मिलाउनमा व्यस्त थिए। १/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनहरु जस्तै परिवारका सदस्यले खाना खाइसेका थिए। 

डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाएपछि छोरा घर बाहिर गएको हो। वि’भत्र्स ह’त्या होला भनेर सोच्न पनि सकिएन्।’ उनका अनुसार लम्की–चिसापानी र टीकापुरको छुट्टाछुट्टै  समूह अ’पराधि’क गतिविधिमा लामो समयदेखि सक्रिय छ।( कैलाली लम्की स्थित भु-पेन्द्र को घरमा पुग्दा जे देखियो (हेर्नुहोस् भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *