बुटवल-पाल्पा सडक १५ रात अवरुद्ध,एम्बुलेन्स मात्रै चल्न पाउने

समाचार

बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड १५ रात बन्द हुने भएको छ । सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने भएको हो। उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ ।यद्यपी,ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *