बुकिङ खुल्यो बीएमडब्लूको नयाँ मोटरसाइकल,मूल्य यति सस्तो

अर्थ व्यापार

बीएमडब्लूको आधिकारीक वितरक हिमालय मोटरार्डले बीएस ६ इन्जिन सहितको जी ३१० आर र जी ३१० जीएसको बुकिङ खुल्ला गरेको छ ।कम्पनीले अर्को हप्तासम्ममा विक्री सुरु गर्ने लक्ष्यसहित बुकिङ खुल्ला गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बीएमडब्लूले भारतमा उत्पादन गरेको यी दुबै मोटरसाइकल बीएस फोर इन्जिनमा यसअघि नेपालमा विक्री हुँदै आएको थियो । ९ लाखदेखि ११ लाख ५० हजारसम्म मूल्य कायम भएर विक्री हुँदै आएको यो मोटरसाइकलको मूल्य भने बढ्ने पक्का छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कम्पनीले यी मोटरसाइकलमा ७५ हजारदेखि १ लाख २५ हजारसम्म मूल्य बढाउन सक्ने हाम्रो अनुमान रहेको छ ।‘अहिले सरकारले करको दर पनि बढाएको छ भने बीएस ६ टेक्नोलोजीको कारण त्यसैपनि मोटरसाइकल महंगो पर्ने नै भयो । भोलि बेलुकासम्ममा दुबै मोटरसाइकलको मूल्य टुङ्गाउने तयारीमा छौं’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *