तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य,सुन व्यवसायी भन्छन् अझै घट्ने क्रम जारी

अर्थ व्यापार

काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ ।अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदीखरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडनले प्रस्ताव गरेको नीतिका कारण** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुनको मूल्य घटेको हो ।’अमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर भन्दा माथि पुगेको थियो ।‘आज प्रतिऔस १ हजार ७ सय १५ डलर छ,’ व्यवसायी शाक्यले भने, ‘प्रतिऔंस १ हजार ७ सय सम्म आउने अनुमान गरिएको छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सयमा आइपुग्यो भने नेपाली बजारमा पनि प्रतितोला ८५ हजारमा आइपुग्ने उनको भनाइ छ । यसले गर्दा स्थानीय बजारमा पनि सुनको भाउ अझै घटन सक्ने देखिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *