तिमी ‘भर्जिन’ हो भन्ने प्रश्नमा मोडल अञ्जली अधिकारीको यस्ताे जवाफ!(भिडियोसहित)

मनोरंजन

मनोञ्जन दुनियाँका हसिला रसिला अन्र्तवार्ता लिने उत्सव रसाईलीसँगको कुराकानीमा उनले आफू कन्याकुमारी (भर्जिन) नरहेको खुलासा गरेकी हुन् ।अविबाहित मोडल अञ्जली अधिकारीलाई उत्सव रसाईलीले आर यू भ र्जिन भनेर प्रश्न गर्छन् । उनले बडो शानका साथ नो भन्छिन् ।अञ्जलीले नो भन्दा उत्सव रसाईली अचम्ममा परेजस्तो गर्छन् । त्यसपछि उसले फेरी प्रष्ट पार्न खोज्छिन् । अहिलेका केटीहरु १३, १४ बर्षमा महिनावारी भइसकेपछि कहाँ भ र्जिन बाँकी रहन्छन् र ? उनले भन्न खोजेको कुरा उत्सव रसाईलीले थप क्लियर गर्न सक्दैनन् कुरा यत्तिकैमा मोडिन्छ ।

दुबै जना हासोको फोहोरामा हराउछन् । अर्को अन्र्तवार्तामा उनले कुनैपनि चलचित्रमा तपाईलाई न्यू ड सिनको अफर आयो भने ? अञ्जलीले त्यहाँपनि आफूलाई चुकाएकी छिन् । उनले पहिले पैसा हेर्छु कति छ त्यसपछि ओके भन्दिन्छु ।अहिले सामाजिक सञ्जालमा समेत त्यो क्लिप भाइरल छ । पैसा भए जेपनि गर्ने रहिछन् भनेर उनको तिव्र आलोचना गरिएको छ । सेलिब्रिटीहरु कहिलेकाहीँ अन्तरवार्तामा स–साना कुरामा चिप्लिँदा ट्रोलको शि कार हुनुपर्छ ।

जस्तो कि अहिलेकी हटकेक मोडल अञ्जली अधिकारी धेरै पटक अन्तरवार्तालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् । एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तामा अञ्जलीलाई उनको ‘रिलेसनसिप स्टाटस’ बारे सोधिएको थियो । तर, जवाफमा अञ्जलीले ‘फेसबुक स्टाटस’को कुरा गर्न थालिन् ।

‘मेरो स्टाटसमा प्राय गीतहरु नै हुन्छन्, आफूले खेलेका भिडियोका क्लीप्सहरु पनि राख्छु,’ उनले दिएको यही जवाफको क्लीप फेसबुक ग्रुपहरुमा सेयर भइरहेको छ । र, अंग्रेजी नजानेको भनेर धेरैले उनलाई खिसी गरेका छन् ।यसमा नायिका तथा निर्मात्री दीपशीखा खड्काले अञ्जलीको बचाउ गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुमाथि आपत्ति जनाउँदै स्टाटस लेखेकी थिइन् । अंग्रेजी नेपालीको मातृभाषा नभएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘आफ्नो मातृभाषा नजानेको भए पो लाज, अरुका भाषा नजान्दा केको लाज ?’

उनले यूट्यूवरलाई पनि दनक दिएकी थिइन् । दिपशीखाले लेखेकी छन्, ‘एउटा यूट्यूवरले एउटा कलाकारको इन्टरभ्यू लिन्छ । अरे लाईभ त होइन नि यार । असुद्ध कुराहरु नराखे पनि हुन्छ नि । त्यसैलाई हाइलाइट गर्छन् । अरे अर्काको इज्जत फुकेर आफ्नो चुलो कि बाल्नु के ? किन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *