छाती बचाउनु नै काे-राेना बाट बाँच्नु हो´यस्ता लक्षण र बच्ने उपायहरु

स्वास्थ्य

को-रोनाले देश नै आक्रान्त बनिरहेका बेला यसका लक्षण र यसबाट बच्ने उपायहरुबारे डाक्टरहरुले विभिन्न माध्यमबाट जानकारी दिने गरेका त छन् नै त्यसका अलावा को-रोना पीडित बिरामीले नै अझ यसबारे लेखे भने सम्भवत, नागरिकले त्यसलाई नै अझ बढी पछ्याउने पाइएको छ ।

यसै क्रममा एक जना को-रोनाका बिरामीले आफुमा देखा परेका लक्षण र त्यसबाट बच्ने उपायहरुबारे स्तटास् लेखेका छन् । उनले भनेका छन्- “छाती बचाउनु नै बाँच्नु हो” म विगत १७ दिनदेखि को- रोनाको बिरामी थिए भने आजबाट पूर्ण रुपमा निको भएको छु । मेरो जीवनमा घटेको अहिलेसम्मको ठुलो पि-डा-दायक घ-टना हो । जसलाई आत्मबल र सहनसिलाताले जित्न सफल भए । हुन त मानिसपिच्छे फरक-फरक लक्षणहरु देखिन्छन रे तर मलाई देखिएका लक्षणहरु निम्न छन् :-

सुरुको तीन दिनसम्म हल्का-हल्का ज्वरो आउने, आँखाको माथिलो ढ-कनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने, तेश्रो दिनदेखि छैठौं दिनसम्म ९९ देखि १०३ डिग्री ज्वरो आउने, नाक बन्ध हुने, लगातार खो-की लाग्ने, जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने, हल्का हल्का जि-उ दुख्ने हुन्छ ।

छैठौं तीनदेखि दशौं दिनसम्म हल्का मात्र ज्वरो आउनु, जिउ दुखेर को-ल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि ट्-वाइलेट गएर दि- शा गर्न नसक्नु, रात र दिन के हो भेउ नपाउनु, खाना देख्दा मन खिन्न हुनु । एघारौंदेखि तेह्रौं दिनसम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, निद्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु ।

तेह्रौंदेखि सत्रौ दिनमा शरीर कमजोर भएको अनुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि को- रोना नेगेटिभ आउनु । सैद्धान्तिक तथा बैज्ञानिक रुपमा के भन्छन त्यो त गौण कुरा हो तर व्यवहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधिहरु निम्न छन:-

१) खोकी कम गर्ने विधि:- एउटा गिलासमा दुईतिहाइ जति चामल लिने अनि मकै भुटे जसरि हल्का रातो हुने गरि भुट्ने, त्यसलाई चिसो पानीमा हाल्ने अनि बाफ बाहिर जान नदिइ ढकनले २ मिनेट छोप्ने, त्यसपछि तातातै त्यो पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खु-राक खाएपछि खोकीको असर कम हुदै जान्छ । ‘छाती बचाउनु नै बाँच्नु हो’, खोकीको असरले छाती दु-ख्न थाल्छ ।

२) निदाउने विधि:- अरु दिन हल्का फुल्का निद्रा लागेपनि छैठौं तीनदेखि दशौं दिनसम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो थाहानै हुदैन, जिउ दु-खेर कोल्टे फर्किन नसक्ने हुन्छ, यो घडीमा निदाउनु ठुलो कुरा हो । सतही क्षेत्रफल बढी हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ त्यसैले कोल्टे फर्किएर सुत्नुपर्छ । साथै खुट्टा खुम्चाएर सुत्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सुत्ने, सकेसम्म चल्नुहुदैन अनि निद्रा लाग्छ ।

३) बन्ध भएको नाक खोल्ने बिधि:- एउटा पाकेर पहेलो भएको कागती लिएर का-ट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास फेर्न सजिलो हुन्छ । जति बेला बन्ध हुन्छ, त्यतिबेला रस हाली हाल्ने, २/३ दिन हाल्दा पूर्ण रुपले नाक खुल्ने छ ।

४) खाना मिठो हुन्छ ? उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुदैन, भात त देख्न पनि मन लाग्दैन, यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो भएकाले बढी जिउ तताउने खाना खानु हुदैन । मिठो नभए पनि पानीले पेलेर भएपनि पेटसम्म खाना पुर्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *